Ma Door Bhayera - Shanti Thatal
म दूर भएर - शान्ति ठटाल
Recorded live during 'Paleti with Shanti Thatal - September 2008'
Lyrics
Nepali
Transliterated

म दूर भएर के भो, अभिशाप छाएर के भो
यति रोएँ जिन्दगीमा, कि फेरि रोएर के भो

जति भावना छन् सबै, रित्ता छन् यति रित्ता
कि जागरण जम्मै, उत्साह छन् रित्ता-रित्ता
तिम्रो साथ छुटेर के भो, नयाँ हात पाएर के भो
यति खोज्छु सम्झनलाई, कि बिर्सिसकेर के भो

आफ्नै यी धड्कनहरू, भिन्न छन् यति भिन्न
बदलेछु म स्वयं नै, कि लाचार छु स्वयं चिन्न
म उदास भएर के भो. म खुशी भएर के भो
यति विरान जिन्दगी छ, कि विरानी आइ के भो