Ma Sanga Euta - Ganesh Rashik
मसँग एउटा - गणेश राशिक
Recorded live during 'Paleti with Ganesh Rashik - August 2006'
Singer: Ganesh Rashik
Composer: Ganesh Rashik
Lyricist: Basu Shashi
Original Singer: Kamala Shrestha

सङ्गीत: गणेश राशिक
शब्द: वासु शशि
मूल गायन: कमला श्रेष्ठ
Lyrics
Nepali
Transliterated
Translated

मसंग एउटा
तारा छ मायाको
यसलाई एउटा आकाश देउ
मसंग एउटा डुंगा छ हृदयको
यसलाई एउटा सागर देउ
मसंग एउटा
तारा छ मायाको

त्यो तारा फुल्ने छ तिम्रो ओंठमा
मुस्कान फूल बनेर
त्यो तारा खेल्ने छ तिम्रो काखमा
मुटुको राम्रो खेलौना बनेर

त्यो डुंगाले पुर्याउंछ तिमीलाई
तिमीले देखेको सपनासम्म
त्यो डुंगाले लैजान्छ तिमीलाई
तिमीले गरेको कल्पनासम्म