Recorded live during 'Paleti with Ganesh Rashik, Hiranya Bhojpure and Urmila Shrestha: Paleti with Lekali - August 2019'
हिरण्य भोजपुरे गीतलाई काव्यात्मक अभिव्यञ्जनाले सजाउन रुचाउने सर्जक हुन् । पलेँटीमा मीनाले प्रस्तुत गरेको भोजपुरेको यो रचना त्यसको ज्वलन्त उदाहरण हो ।
Lyrics
Nepali
Transliterated

म सानो, घाम, जून र आकाश सानो
जब मेरो मन सानो, जब मेरो आँखा सानो
म ठूलो, घाम, जून र आकाश ठूलो
जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो

दुबोको तरेली र तरेलीमा लझने दुई थोप शीत
ठूलो – ठूलो – ठूलो नै ठूलो
म ठूलो, मेरो आँखाको आँसु नै ठूलो
जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो

बाँच्न खोज्ने र हाँस्न खोज्ने जीवनहरु
सानो-सानो, सानो नै सानो
ऊ सानो, हामी सबै नै सानो नै सानो
जब मेरो मन सानो, जब मेरो आँखा सानो

म ठूलो, घाम, जून र आकाश ठूलो
जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो