Recorded live during 'Paleti with Hiranya Bhojpure - December 2006'
Lyrics
Nepali
Transliterated

म सानो, घाम, जून र आकाश सानो
जब मेरो मन सानो, जब मेरो आँखा सानो
म ठूलो, घाम, जून र आकाश ठूलो
जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो

दुबोको तरेली र तरेलीमा लझने दुई थोप शीत
ठूलो – ठूलो – ठूलो नै ठूलो
म ठूलो, मेरो आँखाको आँसु नै ठूलो
जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो

बाँच्न खोज्ने र हाँस्न खोज्ने जीवनहरु
सानो-सानो, सानो नै सानो
ऊ सानो, हामी सबै नै सानो नै सानो
जब मेरो मन सानो, जब मेरो आँखा सानो

म ठूलो, घाम, जून र आकाश ठूलो
जब मेरो मन ठूलो, जब मेरो आँखा ठूलो