Magera Painna Maya - Bhim Birag
मागेर पाइन्न माया - भिम विराग
Recorded live during 'Paleti with Bhim Birag - February 2006'
Lyrics
Nepali
Transliterated

मागेर पाइन्न माया, खोसेर पाइँदैन
व्यापार होइन माया, किनेर पाइँदैन
मागेर पाइन्न माया,

छ मिल्ने प्रयत्न जारी, अँध्यारो उज्यालोको
अनायास पाइन्छ माया, प्रयासले पाइँदैन
व्यापार होइन माया, किनेर पाइँदैन
मागेर पाइन्न माया

लहरले छोएको हुन्न, गहिराइलाई कहिले
स्पर्श बिनाको यस्तो, समर्पण पाइँदैन
व्यापार होइन माया, किनेर पाइँदैन
मागेर पाइन्न माया

हृदयसँग यो हृदयको सम्झौता हो माया
जोडिए त तोडिंदैन तोडिए त जोडिंदैन
व्यापार होइन माया, किनेर पाइँदैन
मागेर पाइन्न माया

मान या नमान कर छैन कसैलाई
लेखेको पाइन्छ रे देखेको पाइँदैन
व्यापार होइन माया, किनेर पाइँदैन
मागेर पाइन्न माया, खोसेर पाइँदैन