Malai Aaphnai Dhunmaa - Dawa Gyalmo
मलाई आफ्नै धुनमा - दावा ग्याल्मो
Recorded live during 'Paleti with Dawa Gyalmo - September 2006'
Singer: Dawa Gyalmo
Composer: Dhananjaya Thapa
Lyricist: Dhananjaya Thapa

सङ्गीत: धनन्जय थापा
शब्द: धनन्जय थापा
Lyrics
Nepali
Transliterated

मलाई आफ्नै धुनमा बँच्न देऊ
तिमी आफ्नै बाटो हिंडिदेऊ
मायालु बनी नआइदेऊ
मलाई आफ्नै धुनमा बँच्न देऊ

झरेको फूल नटिप माया फेरि त्यहाँ झर्ला है
प्रीति भनी के सँगालु तिमी त्यो तिमी होइनौ है
तिमीसित विश्वास नै छैन फेरि तिम्रो प्रीति चाहिन्न
खाँचो हुनेलाई बाँडिदेऊ
मलाई आफ्नै धुनमा बँच्न देऊ

भन्छन् धेरैले मायाको ज्योतिले जीवनलाई देख्छ
तर मायाको अभावमा जीवनको साँचो रुप देख्छ
तिम्रो बाटो तिमी लैजाऊ मसित दिनु केही छैन
मलाई आफ्नै पनमा हाँस्न देऊ
मलाई आफ्नै धुनमा बँच्न देऊ
तिमी आफ्नै बाटो हिंडिदेऊ
मायालु बनी नआइदेऊ
मलाई आफ्नै धुनमा बँच्न देऊ