Laharaa Paharaa - Hiranya Bhojpure
मलाई प्यारो लाग्छ / लहरा पहरा - हिरण्य भोजपुरे
Recorded live during 'Paleti with Hiranya Bhojpure - December 2006'
Composer: Hiranya Bhojpure
Lyricist: Hiranya Bhojpure
Original Singer: Lekali Pariwar

मूल गायन: लेकाली परिवार
Lyrics
Nepali
Transliterated

मलाई प्यारो लाग्छ
मलाई राम्रो लाग्छ
लहरा पहरा छहराको देश
पारी पारी हिमालमा
उडिरहने बादलुको केश
मेरो देश

मलाई प्यारो लाग्छ
मलाई राम्रो लाग्छ
गाउँ गाउँ बिहानी भइ जागेको
एकान्तको कन्दरामा
कहाँ कहाँ नेपालीको मुटुबाट
एउटा गीत मु्रलीमा गाएको
मेरो देश

मलाई प्यारो लाग्छ
मलाई राम्रो लाग्छ
मेची कालीको माझ यहाँको
प्रात दिन रात र साँझ
यहाँको हिमाली छायाँ, मान्छे मान्छेको माया
दायाँ बायाँ घाम छाया माया माधुरी मेरो देश
मेरो देश