Laharaa Paharaa - Lekali Pariwar
मलाई प्यारो लाग्छ / लहरा पहरा - लेकाली परिवार
Recorded live during 'Paleti with Ganesh Rashik, Hiranya Bhojpure and Urmila Shrestha: Paleti with Lekali - August 2019'
नेपाली संगीतमा समूह (ब्याण्ड) स्थापना गरेर सामुहिक सृजना गर्दै 'लेकाली' र 'राल्फा'ले अतुलनीय योगदान गरेका छन् । तिनै प्रारम्भिक चरणका ब्याण्ड मध्ये 'लेकाली'ले आफ्ना केही संस्थापक पुराना सदस्य Hiranya Bhojpure Ganesh rasik र Urmila Shrestha सहित नयाँ पुस्ताकी गायिका Meena Pokhrel Niraula का साथ Paleti मा प्रस्तुत हुँदाको सुन्दर क्षण सुन्दर सृजना...
Lyrics
Nepali
Transliterated

मलाई प्यारो लाग्छ
मलाई राम्रो लाग्छ
लहरा पहरा छहराको देश
पारी पारी हिमालमा
उडिरहने बादलुको केश
मेरो देश

मलाई प्यारो लाग्छ
मलाई राम्रो लाग्छ
गाउँ गाउँ बिहानी भइ जागेको
एकान्तको कन्दरामा
कहाँ कहाँ नेपालीको मुटुबाट
एउटा गीत मु्रलीमा गाएको
मेरो देश

मलाई प्यारो लाग्छ
मलाई राम्रो लाग्छ
मेची कालीको माझ यहाँको
प्रात दिन रात र साँझ
यहाँको हिमाली छायाँ, मान्छे मान्छेको माया
दायाँ बायाँ घाम छाया माया माधुरी मेरो देश
मेरो देश