Malai Rukho - Dawa Gyalmo
मलाई रुखो - दावा ग्याल्मो
Recorded live during 'Paleti with Dawa Gyalmo - September 2006'
Singer: Dawa Gyalmo
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated
Translated

ओ मलाई रुखो सहानुभूति नदेऊ
न आस्वासन न प्रिती देऊ
तिमीलाई अनन्त माया गर्ने
खाली सानो एक स्वीकृति देऊ

म त कन्दराको रात हुँ
मलाई भावनाको प्रभात नदेऊ
जनमै अछुत कर्मै अछुत
सीता सतीको नाम नदेऊ
मलाई बिस्मृतिमा तिमी डुबाऊ
तिम्रा स्मृति सब सब मलाई देऊ

मया गर्ने बानी हो मेरो
यसलाई गलत कुनै नाम नदेऊ
मलाई त के मेरो यादलाई
तिम्रो पाउ तल पनि ठाउँ नदेऊ
मलाई साथ नदेऊ मलाई हात नदेऊ
केवल तिम्रो यादमा बाँच्न देऊ