Marchhu Ra Ma Dunga Banchhu - Phatteman
मर्छु र म डुंगा बन्छु - फत्तेमान
Recorded live during 'Paleti with Phatteman - July 2010'

सङ्गीत: आभास
शब्द: मंजुल
Lyrics
Nepali
Transliterated
Translated

मर्छु र म डुङ्गा बन्छु आउँदा नदी तार्न सकुँ
मर्छु र म सम्झना हुन्छु आउँदा आँसु झार्न सकुँ

व्यथा उसको आफ्नैमा म त खाली मर्म छुन्छु
दर्द उसको आफ्नैमा म त खाली पीडा हुन्छु

मुटुको धुक्धुकी उस्कै म त खाली भित्र हुन्छु
हाड छाला मासु उस्कै म त खाली चित्र हुन्छु

दिल उस्को आफ्नै आफ्नै म त खाली आँखा हुन्छु
गीत उस्को आफ्नै आफ्नै म त खाली भाखा हुन्छु