Maya Dinu Garo Chha - Bhim Birag
माया दिनु गाह्रो छ - भिम विराग
Recorded live during 'Paleti with Bhim Birag - February 2006'
Lyrics
Nepali
Transliterated

माया दिनु गाह्रो छ, माया लिनु गाह्रो छ
त्योभन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ

पूलले माया धर्तीलाई गर्छ धर्तीले आकाशलाई
आकाशको माया क्षितिजलाई हो कि जून तारालाई
यसै भन्नु गाह्रो छ
माया दिनु गाह्रो छ, माया लिनु गाह्रो छ
त्योभन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ

बगरले माया ढुंगालाई गर्छ ढुंगाले खोलालाई
खोलाको माया किनारालाई हो कि सुदूर सागरलाई
यसै भन्नु गाह्रो छ
माया दिनु गाह्रो छ, माया लिनु गाह्रो छ
त्योभन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ