Mayako Chino - Premdhoj Pradhan, Tara Devi
मायाको चिनो - प्रेमध्वज प्रधान, तारा देवी
Recorded during the preparation of Paleti Utsav 2013
Lyrics
Nepali
Transliterated

केटी– मायाको चिनो माला गाँसी लगाई दिउला
केटा– नागबेली चुल्ठो तिम्रो हाँसी सजाई दिउला

केटी– आकाशको आँगनमा दौडेको चन्द्र किन
केटा– जानु अघि हामीलाई आषिश होला दिन
केटी– मायाको चिनो माला गाँसी लगाई दिउला

केटा– नौ डाँडा काटी गयो दुःखको लामो रात
दुबै– हो, न छुट्ने भयो युगयुग हाम्रो साथ

केटी– मायाको चिनो माला गाँसी लगाई दिउला
केटा– नागबेली चुल्ठो तिम्रो हाँसी सजाई दिउला