Mechiko Wari Basera - Kumar Subba, Karma Yonjan
मेचीको वारी बसेर - कुमार सुब्बा, कर्म योञ्जन
Recorded live during 'Paleti with Kumar Subba and Karma Yonjan - May 2006'

सङ्गीत: कर्म योञ्जन
शब्द: अगम सिंह गिरी
Lyrics
Nepali
Transliterated

कुमार- मेचीको वारी बसेर हामीले माया गरेकै छौं
हिमाली पहाड पखेरु हामीले माया गरेकै छौं
कर्म- गुराँसे डाँडा देउराली गण्डकी कोशी महाकाली
सम्झाना भित्र बाँधेर राख्छौं है यहाँ उजेली
दुबै- मेचीको वारी बसेर हामीले माया गरेकै छौं
हिमाली पहाड पखेरु हामीले माया गरेकै छौं
गुराँसे डाँडा देउराली गण्डकी कोशी महाकाली
सम्झाना भित्र बाँधेर राख्छौं है यहाँ उजेली
कुमार- मेचीको वारी बसेर

कुमार- पशुपतिनाथ, स्वयंभू, गुज्येश्वरीलाई पुजेर
यो मन फेरि फर्कन्छ वागमती बगर छोएर
दुबै- पशुपतिनाथ, स्वयंभू, गुज्येश्वरीलाई पुजेर
यो मन फेरि फर्कन्छ वागमती बगर छोएर
कुमार- पश्चिमी हावा ओसार्छ घरको मीठो सम्चार
उजेलो लाग्छ मलाई मनको मेरो संसार
दुबै- मेचीको वारी बसेर

कर्म- टाडाको माया टट्कारो लाग्दछ प्यारो हिमाली
नगिचको माया रगतको जनमको नाता नेपाली
दुबै टाडाको माया टट्कारो लाग्दछ प्यारो हिमाली
नगिचको माया रगतको जनमको नाता नेपाली
कर्म- सम्झना साँची राखौंला मनलाई यहाँ उजेली
पहाडकै माझ पहाडी फूल प्रवासको सम्झ कोसेली
दुबै- मेचीको वारी बसेर हामीले माया गरेकै छौं
हिमाली पहाड पखेरु हामीले माया गरेकै छौं
गुराँसे डाँडा देउराली गण्डकी कोशी महाकाली
सम्झाना भित्र बाँधेर राख्छौं है यहाँ उजेली
कुमार- मेचीको वारी बसेर