Meri Simma - Ganesh Rashik
मेरी सिम्मा - गणेश राशिक
Recorded live during 'Paleti with Ganesh Rashik - August 2006'
Lyrics
Nepali
Transliterated

मेरी सिम्मा बताससँगै
उडेर जाने पो हो कि
बगेर जाने पो हो कि
मेरी सिम्मा पिखुवासँगै

पिखुवा नै उर्लेर कतै
मलाई नै छोप्ने पो हो कि
पहरा नै पैरिएर
यो संसार नै ढाक्ने पो हो कि
मेरी सिम्मा
मेरी सिम्मा हेर्दा हेर्दै
हराइ जाने पो हि कि
बिलाइ जाने पो हो कि
मेरी सिम्मा अँध्यारो सँगै

ट्याम्केमा फुलेको गुराँस
टुसारोले खाइदिन सक्छ
पुर्नेमा हाँस्ने त्यो जून
उज्यालोमा हराउन सक्छ
मेरी सिम्मा
मेरी सिम्मा जूनसँगै
अल्पेर जाने पो हो कि
झरेर जाने पो हो कि
मेरी सिम्मा गुराँससँगै
मेरी सिम्मा