Mero Barkat - Robin Sharma
मेरो बर्कत - रविन शर्मा
Recorded live during 'Paleti with Robin Sharma - May 2010'
Lyrics
Nepali
Transliterated
Translated

मेरो बर्कतले भ्याएसम्म
यो देशको सेवा गरिरन्छु म
मेरो सामर्थले केही नलागे
बरु देशकै गीत गाइरन्छु म
तर अस्तित्व मेटेर
पराइ सामु कहिल्यै घुँडा टेक्दिन

मक्की सके होलान् काठे साँघुहरू
आपैm फलामे पुल भइदिन्छु म
चुहिन्छ होला बस्ने घरहरु
आपैm नयाँ छानो फेरिदिन्छु म
मैले केही गर्न सकिनभने
बरु माटो खरानी हुन्छु म
तर स्वार्थमा डुबेर यो देशलाई धोका
कहिले दिन्न म

भोकाइसके होलान् सबका पेटहरू
अन्तको विस्कुन लगाइदिन्छु म
झुत्रो थोत्रो होला लाउने लुगाहरू
आफै नयाँ लुगा फेरिदिन्छु म
मैले सुःख भोग्न सकिन भने
सिटोपिठो खाई बाँच्न सक्छु म
तर पराई सामु झुकेर
नयाँको भिक्षा कहिल्यै माग्दिन

साँघुरो होलान् हिड्ने बाटाहरू
सके फराकिलो पारिदिन्छु म
सुख्खा परेहोला खेत बारीहरू
कुलो नहर भएर भिजाइदिन्छु म
मैले यति गर्न सकिन भने
बरु आफै बलिदान हुन्छु म
तर आफैलाई बेचेर
यो देशलाई बन्दकी कहिल्यै राख्दिन म