Nabolau Kasailai - Aavaas
नबोलाऊ कसैलाई - आभास
Recorded live during 'Paleti with Aavaas - December 2009'
Singer: Aavaas
Composer: Bhim Birag
Lyricist: Bhim Birag
Original Singer: Bhim Birag

गायक: आभास
सङ्गीत: भिम विराग
मूल गायन: भिम विराग
Lyrics
Nepali
Transliterated
Translated

नबोलाउ कसैलाई तिमी राति राति
होशमा हुँदैनन् कोही राति राति

गन्दैन एक्लो जूनलाई कसैले
तारा गन्ने चलन यहाँ राति राति

हुँदैन जसको विपना नै आफ्नो
आउँदैन सपना पनि राति राति

उज्यालोमा बदनाम आँखाहरु हुन्छन्
नहुने के रै’छ यहाँ राति राति

दिनभरि खाएँ तिमीसँग कसम
लड्खडाउँदै आएँ सधैँ राति राति