Namana Laaja - Premdhoj Pradhan, Angela Singh Shrestha
नमान लाज - प्रेमध्वज प्रधान, एन्जला सिंह श्रेष्ठ
Recorded live during 'Paleti with Premdhoj Pradhan - March 2010'
Singer: Premdhoj Pradhan, Angela Singh Shrestha
Composer: Jayadev
Lyricist: Kiran Kharel
Original Singer: Usha Mangeshkar

गायक: प्रेमध्वज प्रधान, एन्जला सिंह श्रेष्ठ
सङ्गीत: जयदेव
मूल गायन: उषा मंगेशकर
Lyrics
Nepali
Transliterated

केटा— नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो
नआउ सामु यस्तरी कि अड्छ ढुकढुकि मेरो

केटी— त्यो घुम्टो म उचालु कि मुहार त्यो नियालु कि
भुलेर आफूलाई नै हजुर मै हराउँ कि
नमान लाज यस्तरी

केटी— यो बैशमा बतासिदै नआउन अकासिदै
के थाहा भोलि कल्पि रुनु छ कि निसासिदै
नआउ सामु यस्तरी कि अड्छ ढुकढुकि मेरो

केटा— यता उता नशा छरौं मिठा मिठा कुरा गरौं
कि हामि एक अर्काको,नगिच मै जियौं मरौ
केटी— जतन गरेको दिल मेरो नटिप है यो मेरो
म प्रेममा डराउँछु हुने हो कि यो भुल मेरो
नआउ सामु यस्तरी