Nau Dada Pari - Suraj Kumar Thapa
नौ डाँडा पारि - सुरज कुमार थापा
Recorded live during 'Paleti with Binod Syangden - November 2012'
Lyrics
Nepali
Transliterated

नौ डाँडा पारि
सुरज कुमार थापा
शब्द: मंजुल
सङ्गीत: विनोद स्याङ्देन

Lyrics:
नौ डाँडा पारि नौ रङ्गी डाँफे नौ फूल नटिप
एक थुँगा तिम्लाई एक थुँगा मलाई
एक थुँगा मायालाई

आमाले भेटे सयपत्री फूल शिरको लाइदिउँला
बाबुले भेटे चमेली फूल पोल्टीको फोइदिउँला
नौ डाँडा पारि नौ रङ्गी डाँफे नौ फूल नटिप
एक थुँगा तिम्लाई एक थुँगा मलाई
एक थुँगा मायालाई

देवीथान भेटे लालुपाते फूल राखेर हिँडौंला
देउराली भेटे भीमसेन पाती भाकेर हिँडौंला
नौ डाँडा पारि नौ रंङ्गी डाँफे नौ फूल नटिप
एक थुँगा तिमलाई एक थुँगा मलाई
एक थुँगा मायालाई