Naya Naya Ghamko - Shanti Thatal
नयाँ नयाँ घामको - शान्ति ठटाल
Recorded live during 'Paleti with Shanti Thatal - September 2008'
Singer: Shanti Thatal
Composer: Shanti Thatal
Lyricist: Norden Rumba
Original Singer: Bimala Senchuri

सङ्गीत: शान्ति ठटाल
शब्द: नोर्देन रुम्बा
मूल गायन: बिमला सेन्चुरी
Lyrics
Nepali
Transliterated

नयाँ नयाँ घामको किरण नयाँ नयाँ पात यो
नयाँ अब जिन्दगीको मिठो सुरुवात यो

बुट्टा बुट्टा चिया बारी आँगन यो अजम्बरी
फुलेका ती पसिना मोती दाना वरी परी
फिक्का चिया तिर्खा मिठो हाँसी हाँसी पिएको
नयाँ नयाँ घामको…..

बादलको देशमाथि नाची हिँड्ने परी रानी
मेरो घर आएकी छे सुनकेश्री मेरी रानी
सानो खुशी सुहाएको जीवन यो रमाइलो
नयाँ नयाँ घामको…..