Nepalma Janmadai - Ganesh Rashik
नेपालमा जन्मँदै - गणेश राशिक
Recorded live during 'Paleti with Ganesh Rashik - August 2006'
Lyrics
Nepali
Transliterated
Translated

सुन नेपाली हो 
नेपालमा जन्मँदै नेपाली हुनेहरू
नेपालको माटो टेकी संसार हेर्नेहरू
तिम्रो आँखाको नानी नेपाल हो कि होइन
त्यो नेपालको माया तिम्रो मुटुमा छ कि छैन
सुन नेपाली हो 

स्वावलम्बी हात माग्न फैलिँदैन
खुकुरीको धारले दबाव सहँदैन
झुकी मरेको लाश उठाउँदा बौरँदैन
साँचो नेपाली त्यो हो जो कहिल्यै मर्दैन
सुन नेपाली हो 

जो अन्याय गर्दैन अन्याय त्यो सहँदैन
भोकै नांगै बस्छ दासत्व सहँदैन
सुनको पिँजडाभित्र स्वाधीनता कहाँ हुन्छ
साँचो नेपाली त्यो हो जो जन्मै स्वाधीन हुन्छ
सुन नेपाली हो