Recorded live during 'Paleti with Ganesh Rashik, Hiranya Bhojpure and Urmila Shrestha: Paleti with Lekali - August 2019'
Lyrics
Nepali
Transliterated

केटा- म हेर्दै छु तिमीलाई
पश्चिमको घाम भएर
केटी- म हेर्दै छु तिमीलाई
पूर्वको जून भएर
केटा- सुदुर पूर्व
केटी- सुदुर पश्चिम झै
युगल- भिन्दा भिन्दै छौं हामी
तर पनि ओ ! शुन्यता
केटा- हाम्रो मायाको आकाश एउटै छ
केटी- ओ शून्यता !
हाम्रो मायाको धर्ती एउटै छ
ओ शून्यता !

केटी- गोधुलि याम छ, सुगन्धित छ बतास
बगैँचामा फुलेका छन् आरुका फूलहरू
केटा- गोधुलि याम छ, सुगन्धित छ बतास
बगैँचामा फुलेका छन् आरुका फूलहरू
म हेर्दे छु तिमीलाई तिनै आरुका रङ्गीन फूहरूमा
केटी- म सुन्दै छु तिमीलाई मौरीका गुनगुन संगीतहरूमा
युगल- हिमशिखर र बग्ने नदि झै
भिन्दा भिन्दै छौं हामी
तर पनि ओ शून्यता
हाम्रो मायाको सागर एउटै छ
केटी- ओ शून्यता
हाम्रो मायाको गहिराई एउटै छ
ओ शून्यता
केटा- म हेर्दै छु तिमीलाई
पश्चिमको घाम भएर
ओ शून्यता
केटी- नीलो तलाउ छ , आस्थाको मन्दिर छ
एकान्तमा तरङ्गित छन् घण्टका ध्वनिहरू
केटा- हरियो पहाड छ शान्त गुम्बा छ
दियो बालिरहेका छन् श्रद्धालु हातहरू
म हेर्दै छु तिमीलाई बुद्धका स्वप्निल आँखाहरूमा
केटी- म हेर्दै छु तिमीलाई अर्ध नारीश्वरका स्वरुपहरूमा
केटा-हिंसा र
केटी- अहिंसा झै
युगल- भिन्दाभिन्दै छौ हामी
तर पनि ओ शून्यता
हाम्रो मायाको ईश्वर एउटै छ
हाम्रो मायाको स्वर्ग एउटै छ
ओ शून्यता