Oh Yangji Nana - Ganesh Rashik
ओ याङ्जी नाना - गणेश राशिक
Recorded live during 'Paleti with Ganesh Rashik - August 2006'
Singer: Ganesh Rashik
Composer: Ganesh Rashik
Lyricist: Ganesh Rashik
Original Singer: Pavitra Subba

सङ्गीत: गणेश राशिक
मूल गायन: पवित्र सुब्बा
Lyrics
Nepali
Transliterated

ओ याङ्जी नाना !
तिम्रो रिञ्झी मर्‍यो भन्ने नसम्झ
ऊ त तिम्रो चौँरी गोठमा
कुहिरोसँगै उड्दै उड्दै आइरहेछ
ऊ त तिम्रो सल्लेरी गाउँमा
घामसँगै डुल्दै डुल्दै आइरहेछ
ओ याङ्जी नाना !
तिम्रो रिञ्झी हिमाल चढ्दा
मर्‍यो भन्ने नसम्झ
ओ याङ्जी नाना !

लाक्पा छोरा
निमा छोरी
टुङ्नाको भाका रिञ्झीको गीत
चौरीको हाच हरियो नागी
धूपीको जङ्गल बुद्धको चैत्य
कति राम्रो छ तिम्रो गाउँ
ओ याङ्जी नाना !
तिमीले यी सबै हेर्दै बाँच्नु पर्छ
बाँचेर संसार भोग्नै पर्छ
मरणशील जीवन यस्तै छ
याङ्जी नाना !
तिम्रो रिञ्झी मर्‍यो भन्ने नसम्झ
ओ याङ्जी नाना !
ओ याङ्जी नाना !

कति छन् यहाँ रिञ्झी जस्ता
अकाल मर्ने बाबुहरू
कति छन् यहाँ तिमी जस्तै
दुखी बिधुवा आमाहरू
यी सबै हेरी पीर नलेऊ
ओ याङ्जी नाना !
तिमीले जीवनको रीत हेरी बाँच्नै पर्छ
बाँचेर संसार भोग्नै पर्छ
मान्छेको जीवन यस्तै छ
याङ्जी नाना !
ओ याङ्जी नाना !
तिम्रो रिञ्झी मर्‍यो भन्ने नसम्झ
ऊ त तिम्रो चौँरी गोठमा
कुहिरोसँगै उड्दै उड्दै आइरहेछ
ऊ त तिम्रो सल्लेरी गाउँमा
घामसँगै डुल्दै डुल्दै आइरहेछ
ओ याङ्जी नाना !
तिम्रो रिञ्झी हिमाल चढ्दा
मर्‍यो भन्ने नसम्झ
ओ याङ्जी नाना !