Oo Pani Ta - Shanti Thatal
Recorded live during 'Paleti with Shanti Thatal - September 2008'
Lyrics
Nepali
Transliterated

ऊ पनि त कोही पराई त होइन
रातै रगत बग्छ रङ्को पानी होइन
ऊ पनि मान्छे बेमुलुकको होइन
अँगालोमा लेऊ हामी भिन्न होइन

झोपडीको उस्को जीवन उस्को भूल होइन
भोको नाङ्गो बाँच्नु उसको भूल होइन
जब एउटै आकाश किन बेग्लै सहबास
किन सास भिन्दै किन एउटै बतास
ऊ पनि त मान्छे हृदय-हिन त होइन
उस्को आँसु पुछ मैला पानी होइन

उस्को रुखो जीवन आँधीभित्र खोज
यौवनमा फुल्ले गरिब फूलालाई सोध
यति गरी बाँच्न बन्छ र बिग्रन्छ
प्रीति जस्तो ठूलो हृदयले छुटिन्छ
ऊ पनि त मान्छे कुनै भूल त होइन
उस्को दिन नतोड मान्छे ढुंगा होइन
ऊ पनि त कोही पराई त होइन
रातै रगत बग्छ रङ्को पानी होइन