Para Laijaau Phoolharu - Premdhoj Pradhan
पर लैजाऊ फूलहरू - प्रेमध्वज प्रधान
Recorded live during 'Paleti with Premdhoj Pradhan - March 2010'
Composer: Nati Kaji
Lyricist: Rajendra Thapa

सङ्गीत: नातीकाजी
शब्द: राजेन्द्र थापा
Lyrics
Nepali
Transliterated

पर लैजाउ फूलहरु, छोपी देउ तारा जून
बन्द गर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु

शहरको भिडमा म एक्लो, हल्लाले छुदैन
रानीवनको एकान्तमा पनि मन चुप हुदैन
पहाडमा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाउै छैन

पर लैजाउ फूलहरु, छोपी देउ तारा जून
बन्द गर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु

संसार देखि भागुला, तिमीबाट सक्दिन
आत्तिएर मन उड्न खोज्छ तर मुक्ति पाउदिन
सपनामा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाउै छैन

पर लैजाउ फूलहरु छोपी देउ तारा जून
बन्द गर गीतहरु तिम्रो याद आउने सबै चिजहरु