Paridekhi Junkirile - Suraj Kumar Thapa
पारीदेखि जूनकिरीले - सुरज कुमार थापा
Recorded live during 'Paleti with Ratna Shamsher Thapa - June 2007'
कवि तथा गीतकार रत्नशमशेर थापा पलेँटीका निम्ति प्रेरणाको श्रोत हुनुहुन्थ्यो । यी मूर्धन्य साधकले गायक तथा संगीतकार प्रेमध्वज प्रधानसँगको सहकार्यमा केही अद्वितीयत कोसेली हामी माझ छोडेर जानुभएको छ । निकट विगतमा हामीले प्रेमध्वज र रत्नलाई भौतिक रुपमा गुमाइसकेका छौं तर यिनका अभौतिक रचना हाम्रो अभिलेखालयमा सँग्रहित रहेका छन् । हाम्रो अभिलेखालयमा रहेको एक रचनामार्फत दुबै साधकमा श्रद्धा !
Lyrics
Nepali
Transliterated
Translated

पारिदेखि जुनकिरीले डोर्‍याइल्यायो नि
मलाई ल है वसन्तले दिल खोली
हाँसेको हरियो गाउँमा

के भनी बोलाऊँ म, साइनो के लाऊँ म
सुसेलैले हो इसाराले पो, सुटुक्क डाकूँ कि
कसो ए तारा भन न

आँखामा लिई मोहनी पिरती दिऊँ भनी
आएको खबर खुसीको लहर
पुर्‍याइदिन्छौ कि ए शशि उनकै आँग