Paridekhi Junkirile - Premdhoj Pradhan
पारीदेखि जूनकिरीले - प्रेमध्वज प्रधान
प्रेमध्वजको जन्मस्थल सिन्धुपाल्चोकको चौतारा हो । बाल्यकालको स्मृतिमा परिवेशले पारेको प्रभावले नै हो सायद; उहाँले भरेका धुनमा तामाङ सेलोको सुन्दर प्रभाव अनुभूत गर्न पाइन्छ ।
Lyrics
Nepali
Transliterated
Translated

पारिदेखि जुनकिरीले डोर्‍याइल्यायो नि
मलाई ल है वसन्तले दिल खोली
हाँसेको हरियो गाउँमा

के भनी बोलाऊँ म, साइनो के लाऊँ म
सुसेलैले हो इसाराले पो, सुटुक्क डाकूँ कि
कसो ए तारा भन न

आँखामा लिई मोहनी पिरती दिऊँ भनी
आएको खबर खुसीको लहर
पुर्‍याइदिन्छौ कि ए शशि उनकै आँग