बाँसको लिङ्गो म चरीलाई लै
नाँचीमा जाउँ कि त बरिलै लै
फरिया ल्याइदेछन् त्यै पनि राता घनन
त्यही पनि मन परेन भन्देऊ न भनन
भोजपुरैको लाछोमा डोरी बाटेर ल्याइदेऊ न
नेपालबाट नेपाली फरिया साटेर ल्याइदेऊ न
त्यही पनि मन परेन भन्देऊ न भनन
राँचीमाबाट पोतेमा डोरी किनेर ल्याइदेऊ न
काशीको चिनो विन्दुली टीका चुनेर ल्याइदेऊ न
त्यही पनि मन परेन भन्देऊ न भनन
चौताराको चौबन्दी चोली चुनेर ल्याइदेऊ न
पाटनैको पसलबाट पटुकी ल्याइदेऊ न
त्यही पनि मन परेन भन्देऊ न भनन
फरिया ल्याइदेछन् त्यै पनि राता घनन
त्यही पनि मन परेन भन्देऊ न भनन
खुर्सानी फल्यो नि तीन झ्याङमा
मायालु छोड्यो नि भञ्ज्याङमा