Phoolko Dali Dali - Daisy Baraili
फूलको डाली डाली - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - January 2006'
Singer: Daisy Baraili
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan
Original Singer: Dawa Gyalmo

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
मूल गायन: दावा ग्याल्मो
Lyrics
Nepali
Transliterated
Translated

फूलको डाली डाली हल्ली हल्ली
ती पातली पाइताली चाली उचाली पिहुँ पिहुँ
बनकी चरी सानी नचाऊ मलाई पनि
तिमी जस्तै छम छम

तिमीले पनि भोगकी छौ आफ्नो जिन्दगानी
देख्यौ होली मैले जस्तै सयौं घाम पानी
दुःख सुखमा रुने हाँस्ने मानिसको बानी
तिम्रो आँसु देखिन है मैले कहिल्यै पनि
विपत्तिमा पनि हाँस्ने सिकाऊ मलाई बानी

हावा जस्तै खुल्ला हुन सिकाऊ मलाई पनि
खोली जस्तै चोखी हुन सिकाऊ मलाई पनि
आफ्नै खाने आफ्नै लाउने बनाऊ मलाई पनि
प्रकृतीलाई रुप भर्ने बनाऊ मलाई पनि
नबिझाई कहीँ सबैलाई रिझाउने बानी
बनकी चरी सानी नचाऊ मलाई पनि
तिमी जस्तै छम छम