Recorded live during 'Paleti with Sunita Subba - June 2011'

मूल गायन: राम थापा
Lyrics
Nepali
Transliterated

केटीः गोठैमा गाई मेरो तारी,
कति कामले आउनु भो जौबारी
रेलै घुमेर, रेलै घुमेर गयो दाजुको आधी उमेर .....

केटाः ज्यानसित भेट होला भनी
यति टाढा आएको म पनि
रेलै घुमेर रेलैर घुमेर गयो बैनीको आधी उमेर .....

केटीः ज्यानको माया छ चारैपट्टि
अहिले ठिक्कै पारेछौ मपट्टि
रेलै घुमेर, रेलै घुमेर गयो दाजुको आधी उमेर .....

केटाः मैले ठिक्क पारेको होइन,
लाउँला माया भनेरै थाहा छैन
रेलै घुमेर, घुमेर गयो बैनीको आधी उमेर .....

केटीः के को माया लाउँथ्यौ र खुनीले
घरकै माया सम्झेर रुनीले
रेलै घुमेर, रेलै घुमेर गयो दाजुको आधी उमेर .....

केटाः ज्यानले बचन के साह्रो लाएको
व्यर्थै भयो जौबारी धाएको
रेलै घुमेर, घुमेर गयो बैनीको आधी उमेर .....