Rune Bani - Shanti Thatal
रुने बानी - शान्ति ठटाल
Recorded live during 'Paleti with Shanti Thatal - September 2008'
Singer: Shanti Thatal
Composer: Madhusudan Lama
Lyricist: Madhusudan Lama

सङ्गीत: मधुसुदन लामा
शब्द: मधुसुदन लामा
Lyrics
Nepali
Transliterated

आँसुलाई उम्लिएर पोखिनदेऊ
कस्ले भन्यो; कस्ले भन्यो
रुने बानी राम्रो होइन

धेरै म्वाइ धेरै गुलियो झैँ
सुख पनि धेरै भए दिक्क हुन्छ
गोरो गालाको कालो कोठी झैँ
दुःख बरु सुहाउनेगरि ठिक्क हुन्छ
जहिले तहिले फूलको कहानी राम्रो होइन
कस्ले भन्यो; कस्ले भन्यो
रुने बानी राम्रो होइन

मनका सारा ईच्छा सपना पूरा भए
भन त कस्तो होला
चिताउँदैमा नै पाउनु हो भने
पूर्णिमाको चन्द्रमा पनि सस्तो होला
स्वर्ग छ भने सन्तोकिकै मनमा छ
दिन रातको; दिन रातको खिचातानी राम्रो होइन
स्वर्ग छ भने सन्तोकिकै मनमा छ
दिन रातको; दिन रातको खिचातानी राम्रो होइन
रुने बानी राम्रो होइन