सात कक्षाको सानो भाइले भन्यो मसित
गाउनोस् दाजु हाम्रा प्यारा राजबन्दीको गीत
मैले सोधेँ किन गाउने राजबन्दीको गीत
उसले भन्यो म बाँच्दछु तिनकै सपनासित
उसले भन्यो देशको मलाई औधी माया लाग्छ
दु:खी गरिब जनताको औधी खातिर लाग्छ
तिनको सृुखदु:ख मलाई बाँढ्न मन लाग्छ
राजबन्दी झैँ निडर भई बाँच्न मन लाग्छ
सानो–सानो उसको जीउ हँसिलो त्यो मुहार
चराजस्ता निडर आँखा फराकिलो निधार
थोत्रो तर सफा लुगा उसको शरीरमा
मानौं एउटा सुन्दर फूल हो मध्य खडेरीमा