Sahrai Surta Lagdaichha - Ganesh Rashik
साह्रै सुर्ता लाग्दैछ - गणेश राशिक
Recorded live during 'Paleti with Ganesh Rashik - August 2006'
गणेश रसिकको पुस्ता चिठ्ठी मार्फत प्रेम अभिव्यक्त गर्ने समयमा हुर्केको पुस्ता हो । त्यसैले उनीहरूका सृजनमा चिठ्ठीको प्रसंग आइ बस्छ ।
Lyrics
Nepali
Transliterated

साह्रै सुर्ता लाग्दैछ पीरले मन पाक्दैछ
खानु-लाउनु दु:खले होइन चिट्ठी नआउँदा
तिम्रो खबर नपाउँदा

हुनसक्छ तिम्ले मलाई बेइमानी ठान्यौ कि
फूलैफूलको रस चुसी हिंड्ने भमरा सम्झ्यौ कि
तिम्रो कस्सम ढाँटेको भए मै मरी जाउँला
आरिस गर्ने छुलियाँले पोल पो सार्‍यो कि
नि गाँठे पोल पो सार्‍यो कि
देब्रे आँखा फुर्दैछ, बाडुली लाग्दैछ
पानी तिर्खा लागेर होइन चिट्ठी नआउँदा
तिम्रो खबर नपाउँदा

शंका लाग्छ तिम्रो मन अन्तै बरालियो कि
लहरा भइ बेरिनलाई थाँक्रो पायो कि
पापी मनले अर्थ न बर्थ के के सोचिदिन्छ
शिरको टोपी भुईंमा खस्दा साह्रै पीर पर्‍यो
सपना बिग्रँदै छ सुर्ता ऐठन पर्दै छ
डाइनी बोक्सी लागेर होइन चिट्ठी नआउँदा
तिम्रो खबर नपाउँदा
साह्रै सुर्ता लाग्दैछ