सम्हाल पछ्यौरी त्यो लत्रिसक्यो भुइँमा
होइन भने जिन्दगानी आगो लगाइदिन्छ
नआऊ कतै जाऊ फरि मेरो मनमा
होइन भने त्यही पीर फेरि बल्झाइदिन
रोझेको हो तिमीलाई सारा फूलभरि
झरिदिन्छ सयपत्री कति छायाभरि
खोजेको हो तिमीलाई मेरो आँखाभरि
छरिदिन्छौ पीर व्यर्थे तिमी मुटुभरि
आकाश कहिले मेरो सङ्लो भैदेला
होइन भने पानी भई सबै भिजाइदिन्छ
लेखेको छु तिमीलाई मेरो गीतभित्र
नउम्कने पारी बाँधे मेरो भावभित्र
यसै मलाई माया लाग्छ तिम्रो जिन्दगीको
मलाई पनि छोपिदेऊ तिम्रो मुटुभरि
नछेक जोबनलाई बितिसक्यो बेला
होइन भने मलाई देऊ कतै राखिदिन्छु