Samhala Pachhyouri Tyo - Suraj Kumar Thapa
सम्हाल पछ्यौरी त्यो - सुरज कुमार थापा
Recorded live during 'Paleti with Karma Yonjan - January 2010'
Composer: Karma Yonjan
Lyricist: Ishwor Ballav
Original Singer: Kumar Subba

सङ्गीत: कर्म योञ्जन
शब्द: ईश्वर बल्लभ
मूल गायन: कुमार सुब्बा
Lyrics
Nepali
Transliterated

सम्हाल पछ्यौरी त्यो लत्रिसक्यो भुइँमा
होइन भने जिन्दगानी आगो लगाई दिन्छु
न आऊ कतै जाऊ, फेरि मेरो मनामा
होइन भने त्यही पीर फेरि बल्झाई दिन्छु

रोजेको हो तिमीलाई सारा फूलभरि
झरिदिन्छौ सयपत्री कति भुइँभरि
खोजेको हो तिमीलाई मेरो आँखाभरि
छरिदिन्छौ पीर व्यर्थै तिमी मुटुभरि
आकाश कहिले मेरो सङ्लो भइदेला
होइन भने पानी भइ सबै फिँजाई दिन्छु
सम्हाल पछ्यौरी त्यो...

लेखेको छु तिमीलाई मेरो गीत भित्र
नउम्कने पारी बाँधेँ मेरो भाव भित्र
यसै मलाई लाग्छ तिम्रो जिन्दगीको
मलाई पनि छोपिदेऊ तिम्रो मुटुभरि
नछेक जोवनलाई बितिसक्यो बेला
होइनभने मलाई देऊ कतै राखिदिन्छु
सम्हाल पछ्यौरी त्यो लत्रिसक्यो भुइँमा
होइन भने जिन्दगानी आगो लगाई दिन्छु
सम्हाल पछ्यौरी त्यो...