Samjhaune Maya - Ganesh Rashik
सम्झाउने माया - गणेश राशिक
Recorded live during 'Paleti with Ganesh Rashik - August 2006'
Lyrics
Nepali
Transliterated

सम्झाउने माया बिझाउने माया
देह र छाया हाम्रो माया
हुँदा नि पीरै नहुँदा नि पीरै
मृत्यु जस्तै सत्य हाम्रो माया

झुल्के घाम झैँ रातो टिका निधारमा देखेँ
कोरिएको कालो केश सिँउदो खाली देखेँ
यौवन र अनुरागको छाया उर्लिएको
टोलाएको आँखा भित्र फेवाताल देखेँ
मनको ताल पानीको ताल
मेरो मयाको तिमी फेवाताल
नसुकेर जान्छ नबगेर जान्छ
म माछापुछ्रे तिमी फेवाताल

सगरमाथाभन्दा अग्लो हिमाल देखिएन
मायाभन्दा ठूलो आकाश भेटिएन
यात्रामा सहयात्री धेरै नै भेटिए
तर तिम्रो मायलाई मार्न सकिएन
सम्झाउने माया बिझाउने माया
देह र छाया हाम्रो माया
हुँदा नि पीरै नहुँदा नि पीरै
मृत्यु जस्तै सत्य हाम्रो माया