Samudra Bichko - Ganesh Rashik
समुद्र बीचको - गणेश राशिक
Recorded live during 'Paleti with Ganesh Rashik - August 2006'
पलेँटीले सन् २००६ सालको जनवरीदेखि दार्जिलिङ र नेपालका अगुवा पुस्तालाई मञ्चमा उतार्ने यत्न गरेको हो । त्यस बखत गणेश रसिक प्राय फिक्कलमा बसेर कृषिकर्म र संगीतकर्म एकसाथ बढाइरहेका थिए । फिक्कल र रसिकलाई पलेँटी संयोजक आभासले दार्जिलिङ र नेपाल जोड्ने प्रस्थान विन्दु नै बनाएका थिए ।
Lyrics
Nepali
Transliterated

समुन्द्र बीचको टापु भएर म पर्खिरहेको छु
तिमी सपना जस्तो चाल भएर मलाई छोएर गयौ
लहरहरूमा संगीत भएर म पछ्याइरहेको छु
तिमी साँझको घाम भइ समुद्रमा डुबेर गयौ

लाग्छ यो जीवन धर्मशाला हो, पाटी हो, पौवा हो
रात पर्दा बास बस्ने उज्यालोसँगै छोडी जाने
धर्मशाला हो, पाटी हो, पौवा हो
लाग्छ यो जीवन झोलुङ्गे पुल हो, तुइन हो, डुङ्गा हो
संकटबाट पार तर्ने तरेपछि बिर्सिजाने
झोलुङ्गे पुल हो, तुइन हो, डुङ्गा हो
तर तिमीले खोलामाथि फूलपाती छढाएर गयौ
फेरि फर्की आउँछु भनी कसम खाएर गयौ

लाग्छ यो जीवन बाटो हो, माटो हो, गोरेटो हो
झरी पर्दा पहिरो जाने खडेरी पर्दा तिर्खा दिने
बाटो हो, माटो हो, गोरेटो हो
लाग्छ यो जीवन फूल हो, लहरा हो, बगैँछा हो
अरुकै निम्ति हाँसेर फुल्ने फुलेपछि ओइली झर्ने
फूल हो, लहरा हो, बगैँछा हो
तर तिमीले बगैँचामा मायाको बार बारेर गयौ
कहिले नमर्ने प्रीतिको फूल रोपेर गयौ