Recorded live during 'Paleti with Sunita Subba - June 2011'
Singer: Sunita Subba
Composer: Gopal Yonjan
Lyricist: Chetan Karki

सङ्गीत: गोपाल योन्जन
शब्द: चेतन कार्की
Lyrics
Nepali
Transliterated
Translated

सपनीमा जे देखेथें विपनीमा अ‍ैले
मायालुले पठाएको चिठ्ठी पाएँ मैले
उनलाई सञ्चै छ भनेर लेखि पठाछन्
ज्यानलाई कस्तो छ भनेर सोधि पठाएछन् ...

आमालाई ढोग अनि सलाम काकालाई रे
दर्जा हेरि केटाकेटी बुढापाकालाई रे
खोलानाला वनपाखा सबलाई सम्झना छन् रे
फर्की फर्की यही गाउँमा आउन खोज्छ मन रे
मलाई भने हृदय नै खाम भित्र राखि पठाछन् ...

पढ्न लेख्न क्यैमा पनि मन लाग्दैन रे
खाँदा भोक सुत्दाखेरि निद्रा लाग्दैन रे
सताउँछ रे सम्झनाले मेरै रात दिन
रित्तो रित्तो लाग्छ रे छाती किन किन
मुटु यतै नै बिर्से कि खोजि पठाछन्