Sara Tara - Suraj Kumar Thapa
सारा तारा - सुरज कुमार थापा
Recorded live during 'Paleti with Karma Yonjan - January 2010'
Lyrics
Nepali
Transliterated

सारा तारा चुडालेर आकाश रित्तो पारी दिऊँ
यस्तो लाग्छ कहिलेकाँही आफ्नै मनलाई मारी दिऊँ

लाखौं चोटी मुटु दुख्छ एकचोटी सास फेर्दा
पापै पाप देखिइन्छ जताततै फर्की हेर्दा
कोपिलालाई कुल्चिएर बसन्तलाई भगाइ दिऊँ
यस्तो लाग्छ मानिसकै माया मोह भुलाइ दिऊँ

पुजारीको आँखा छली रुन्छ ईश्वर मन्दीरैमा
सुख शान्ति कैदी बनी कल्पी बस्छ जंजिरैमा
आगै आगो सल्काएर धर्ती बाँझो तुलाइ दिऊँ
यस्तो लाग्छ रगत जति रुँदा रुँदै बगाइ दिऊँ