Sarangiko Taar Reti - Manjul
सारङ्गीको तार रेटी - मंजुल
Recorded live during 'Paleti with Manjul - April 2006'
Singer: Manjul
Composer: Shambhu Rai
Lyricist: Manjul
Original Singer: Shambhu Rai

गायक: मंजुल
सङ्गीत: शम्भु राई
शब्द: मंजुल
मूल गायन: शम्भु राई
Lyrics
Nepali
Transliterated

सारङ्गीको तार रेटी बनाएको धुन
त्यै धुनमा रचेको गीत भाइबैनी हो सुन

संसारमा आएपछि जुझ्न जान्नु पर्छ
बैरीसँग नडराई भिड्न जान्नु पर्छ
जुझ्ने आँट गर्नेहरूको जीत साथी हुन्छ
सङघर्षमा वीरहरूको हात माथि हुन्छ

थेचारिँदा माथि उठ्ने भकुण्डोको बानी
जति रेट्यो उति बज्ने तारहरूको बानी
हिर्काउँदा थर्की बज्ने घण्टहरूको बानी
तिमी पनि त्यस्तै बन सानासाना नानी