Sarangiko Taarle Mero - Kumar Subba
सारङ्गीको तारले मेरो - कुमार सुब्बा
Recorded live during 'Paleti with Kumar Subba and Karma Yonjan - May 2006'
Singer: Kumar Subba
Composer: Karma Yonjan
Lyricist: Man Bahadur Mukhiya

सङ्गीत: कर्म योञ्जन
शब्द: मनबहादुर मुखिया
मनबहादुर मुखियाले 'अनि देउराली रुन्छ' जस्तो सुप्रसिद्ध नाटक मात्र होइन त्यही नाटक मार्फत संगीतकार कर्म योञ्जनसँगको सहकार्यमा नेपाली संगीत संसारलाई केही लोकप्रिय गीत पनि दिए जुन गीतले कुमार सुब्बालाई प्रसिद्धिको शिखरमा उभ्याए ।
Lyrics
Nepali
Transliterated

सारंगीको तारले मेरो
मनको गीत गाऊँछ
लेकदेखि बेसी सम्म
गाइने मित लाउन्छ
राजै गाइने मित लाउन्छ

मेरो स्वरमा झोपडी र दरबारको कथा
सुनाई हिंड्छु लडाईं र पिरतीको कथा
फूल रोए शीत हुन्छ मैल रोए गीत
खुकुरीको खिया मात्रै नेपालीको जीत
राजै नेपालीको जीत

रानीबनको डाँफे मुनालसंग झुली हिंड्छु
पहाडको डाँडाकाँडा डुली डुली हिंड्छु
सारंगीमा गाउँदै हिंड्दा मलाई माग्ने भन्छन्
नेपालीले नेपालीलाई नाचिनेझैँ गर्छन्
राजै नाचिनेझैँ गर्छन्