Sarangiko Taarle Mero - Angela Singh Shrestha
सारङ्गीको तारले मेरो - एन्जला सिंह श्रेष्ठ
Recorded live during 'Paleti with Karma Yonjan - January 2010'
Singer: Angela Singh Shrestha
Composer: Karma Yonjan
Lyricist: Man Bahadur Mukhiya
Original Singer: Kumar Subba

गायक: एन्जला सिंह श्रेष्ठ
सङ्गीत: कर्म योञ्जन
शब्द: मनबहादुर मुखिया
मूल गायन: कुमार सुब्बा
दार्जिलिङका संगीतकर्मीहरूले नेपाली आधुनिक संगीतका निम्ति गरेको योगदान ऐतिहासिक छ । त्यही ऐतिहासिक लहरका प्रमुख सर्जक मध्ये संगीतकार कर्म योञ्जन र गायक कुमार सुब्बाको जोडीले गुञ्जाएका सृजनाहरू नेपाली आधुनिकमा कोशेढुंगा साबित भएका छन् । तिनै सृजना मध्येको एउटा लोकप्रिय सृजनालाई कर्म योञ्जनको पलेँटी निम्ति गायिका एन्जेला सिंहले स्वर दिएकी छन् ।
Lyrics
Nepali
Transliterated

सारंगीको तारले मेरो
मनको गीत गाऊँछ
लेकदेखि बेसी सम्म
गाइने मित लाउन्छ
राजै गाइने मित लाउन्छ

मेरो स्वरमा झोपडी र दरबारको कथा
सुनाई हिंड्छु लडाईं र पिरतीको कथा
फूल रोए शीत हुन्छ मैल रोए गीत
खुकुरीको खिया मात्रै नेपालीको जीत
राजै नेपालीको जीत

रानीबनको डाँफे मुनालसंग झुली हिंड्छु
पहाडको डाँडाकाँडा डुली डुली हिंड्छु
सारंगीमा गाउँदै हिंड्दा मलाई माग्ने भन्छन्
नेपालीले नेपालीलाई नाचिनेझैँ गर्छन्
राजै नाचिनेझैँ गर्छन्