Sarangiko Tarale - Suraj Kumar Thapa
सारंगीको तारले - सुरज कुमार थापा
Composer: Karma Yonjan
Lyricist: Man Bahadur Mukhiya
Original Singer: Kumar Subba

सङ्गीत: कर्म योञ्जन
शब्द: मनबहादुर मुखिया
मूल गायन: कुमार सुब्बा
Lyrics
Nepali
Transliterated

सारंगी को तारले मेरो
मनको गीत गाऊँछ
लेकदेखि बेसी सम्म
गाइने मित लाउन्छ
राजै गाइने मित लाउन्छ

मेरै स्वर्मा मेरै गाउँ बस्तीको कथा
सुनाई हिड्छौ लडाई र पिरतीको कथा
फुल रोए शीत हुन्छ मेल रोए गीत
सारंगी को धून मात्रै गाइने को जीत
राजै गाइने को जीत

रानीबनको डान्फे मुनाल संग झुली हिडछु
पहाडको रनबन डूली डूली हिड्छु
सारंगी गाउदै हिड्दा मलाई माग्ने भन्छ
आफ्नै दाजुभाईले मलाई नाचिनेझैँ गर्छ
राजै नाचिनेझैँ गर्छ