Saya Ra Patri - Ashok Rai
सय र पत्री - अशोक राई
Recorded live during 'Paleti with Ashok Rai - August 2007'
Lyrics
Nepali
Transliterated

सय र पत्री फूलै र फुल्यो बाबाको बारीमा
अचेलभरि हृदय मेरो डाँडाको पारीमा

बिहानीपख टिपुँला फूल राखुँला पोल्टामा
दिनै र भरी गुथुँला माला एकान्त कोल्टामा
एकान्त कोल्टामा

बाबाले सोधे भनुँला फूल देउतालाई टिपेकी
आमाले सोधे भनुँला माला बनाउन सिकेकी
बनाउन सिकेकी

दिदी र बहिनीहरूले सोधे म खाली हासुँला
दिलको गीत गाएर माला गाँस्न त गासुँला
गाँस्न त गासुँला