Saya Ra Patri - Dawa Gyalmo

सय र पत्री - दावा ग्याल्मो

Recorded live during 'Paleti with Dawa Gyalmo - September 2006'
यता नेपालतिरका कवि, गीतकारका सृजनालाई उता दार्जिलिङका संगीतकर्मीहरूले इज्जत र सम्मानका साथ ग्रहण गर्ने गरेको इतिहास छोटो छैन । त्यसैले तिनमा राष्ट्रका स्वनामधन्य सर्जकका मनमोहक रचना नसमेटिने भन्ने त हुँदै भएन ।

Lyrics

सय र पत्री फूलै र फुल्यो बाबाको बारीमा
अचेलभरि हृदय मेरो डाँडाको पारीमा

बिहानीपख टिपुँला फूल राखुँला पोल्टामा
दिनै र भरी गुथुँला माला एकान्त कोल्टामा
एकान्त कोल्टामा

बाबाले सोधे भनुँला फूल देउतालाई टिपेकी
आमाले सोधे भनुँला माला बनाउन सिकेकी
बनाउन सिकेकी

दिदी र बहिनीहरूले सोधे म खाली हासुँला
दिलको गीत गाएर माला गाँस्न त गासुँला
गाँस्न त गासुँला

Transliterated

Saya ra patri phulai ra phulyo babako barima
Achelabhari hridaya mero dandako parima

Bihanipakh tipunla phool rakhunla poltama
Dinai ra bhari guthunla mala ekanta koltama
ekanta koltama

Babale sodhe bhanunla phool deutalai tipeki
Aamale sodhe bhanunla mala banauna sikeki
banauna sikeki

Didi ra bahiniharule sodhe ma khali hasunla
Dilko geet gaera mala gansna ta gasunla
gansna ta gasunla