शुभकामना - Badri Durga Kharel
बद्री, दुर्गा खरेलको यो कम्पोजिसन सुदूर विगतमा रेडियो नेपालबाट गायिका दावा ग्याल्मोको स्वरमा नियमित बज्थ्यो र अति लोकप्रिय थियो । सुनौं त कम्पोजरले गाउँदा कस्तो सुनिन्छ…!
Lyrics
Nepali
Transliterated

शुभकामना खाली खाली दिनेलाई दानी भनेर
जाँदैछु लिएर आँचल भरी मायाको निशानी भनेर

पाप धर्म कसको कती इन्साफ तिमीले गर्नु
माया विश्वास ठूलो सानो सब नाप तिमीले गर्नु
खुशी तिम्रो फर्काउन भनी म रोएर आज जाँदैछु
कुल्चे हुन्छ मेरो आँसुलाई अब मैला पानी भनेर

तिम्रो विश्वास पाउन म कति शूलीमा चढेँ
पहिरो गएर छातीमा आज मूलबाटोमै लडेँ
जित्ने केही थिएन हारेर आज जाँदै छु
घाम छायाको खेल हो यो जिन्दगानी भनेर