Timi Mana Ya Namana - Pema Lama
तिमी मान या नमान - पेमा लामा
Recorded live during 'Paleti with Pema Lama - November 2006'
Singer: Pema Lama
Composer: Divya Khaling
Lyricist: Divya Khaling

सङ्गीत: दिव्य खालिङग
शब्द: दिव्य खालिङग
Lyrics
Nepali
Transliterated

तिमी मान या नमान मैले भनी दिएँ
मेरो हजूर भनेर माया गरी दिएँ
स्वीकार गर या त्यागी देऊ मेरो प्रस्तावलाई
तिमीलाई अंगाल्न हातहरू मैले बढाई दिएँ
तिमी मान या नमान मैले भनी दिएँ

यति धेरै माया किन भयो म जान्दिन
यो माया केवल दुई दिनको म ठान्दै ठान्दिन
तिम्रो कुनै बहाना म मान्दै मान्दिन
बढे जो कदम अगाडि पछाडि सार्दिन
तिमी मान या नमान मैले भनी दिएँ

यो माया जीवनको खुशी सधैँ बनी रहोस्
तर मुटुमा घाउ यो तिमीलाई मलाई नहोस्
नठान मेरो गल्ती बरु फैसला नै देऊ
मेरो मायाको सही मोल तिमी आज गरी देऊ
तिमी मान या नमान मैले भनी दिएँ
मेरो हजूर भनेर माया गरी दिएँ
स्वीकार गर या त्यागी देऊ मेरो प्रस्तावलाई
तिमीलाई अंगाल्न हातहरू मैले बढाई दिएँ
तिमी मान या नमान मैले भनी दिएँ