Timile Pani Khelaune - Daisy Baraili
तिमीले पनि खेलाउने - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - January 2006'
Singer: Daisy Baraili
Composer: Karma Yonjan
Lyricist: Jas Yonjan Pyasi

सङ्गीत: कर्म योञ्जन
शब्द: जस योञ्जन प्यासी
जनवरी २००६ मा भएको पलेँटी डेजी बराइलीको जीवनकै पहिलो एकल गायन साँझ थियो । लामो समयदेखि गायनभन्दा पृथक पेशामा क्रियाशील उनीलाई मञ्चमा उत्रने आत्मविश्वास जगाउन निकै हम्मे परेको थियो तर त्यसपछिका पलेँटीमा भने उनी आफैँ उत्साहित हुँदै आएकी छन् ।
Lyrics
Nepali
Transliterated

तिमीले पनि खेलाउने, उस्ले पनि नचाउने
म सस्तो, धेरै सस्तो खेलौना भएछु
सस्तो, धेरै सस्तो खेलौना भएछु

छातीभरि तिमीले बदनाम लेखिदियौ,
अनुहारभरि मेरो कलंक कोरिदियौ
मेरो जीवनलाई उपहास बनाई दियौ
तिमीले पनि खेलेको उसले पनि नाचेको
प्रेमको अभ्यास गर्ने रंगभूमी भएछु
प्रेमको अभ्यास गर्ने रंगभूमी भएछु

सबथोक थिएँ म उसको प्रीतिको घाम लागेसम्म
मुटुमै थिएँ म उसको मायालु याम रहेसम्म
तर उसकै निम्ति आज बेकाम भएछु
तिमीले पनि फुटाउने उसले पनि टुटाउने
कमजोर धेरै कमजोर चुरा भएछु
तिमीले पनि फुटाउने उसलेपनि टुटाउने
कमजोर धेरै कमजोर म चुरा भएछु
तिमीले पनि खेलाउने, उस्ले पनि नचाउने
म सस्तो, धेरै सस्तो खेलैना भएछु
सस्तो, धेरै सस्तो खेलैना भएछु