Timro Hamro Pirati - Manjul
तिम्रो हाम्रो पिरती - मंजुल
Recorded live during 'Paleti with Manjul - April 2006'
Lyrics
Nepali
Transliterated

तिम्रो हाम्रो पिरती सारङ्गीमा रुन्छ
कठै ! पिया राजै भेट कहिले हुन्छ

असारका महिना उडी आए मेघ
कठै ! पिया राजै चल्यौ पंक्षी बेग

गोडामुनि मेरो छैन झै छ जिमी
कठै ! पिया राजै कहाँ टेक्छौ तिमी

आँसु रोकी दिउँसो आँसु पोखी राति
कठै ! पिया राजै भत्किरै’छ छाती