Timro Jasto Mutu - Mani Kamal Chhetri
तिम्रो जस्तो मुटु - मणिकमल छेत्री
Recorded live during 'Paleti with Mani Kamal Chhetri - July 2006'
Composer: Karma Yonjan, Gopal Yonjan
Lyricist: Gopal Yonjan
Original Singer: Narayan Gopal

सङ्गीत: कर्म योञ्जन, गोपाल योन्जन
शब्द: गोपाल योन्जन
मूल गायन: नारायण गोपाल
Lyrics
Nepali
Transliterated

तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि

तिमीलाई अङ्गाली कताकता, भागी जाने धोको मेरो पनि
तर पाऊमा दस्तूरको, तिम्रो जस्तो कल्ली मेरो पनि
दुई प्राण एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि

देवता त हैन म पनि, धेरै कमजोरी छ मेरो पनि
पिर वेदना तिम्रो जति, त्यति नै त छ यहाँ मेरो पनि
रातमा रोएछौ तिमी पनि, तिमी जस्तै रोएँ मै पनि
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो बाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि