तिम्रो सुन्दर - गणेश राशिक, मीना निरौला
Recorded live during 'Paleti with Ganesh Rashik, Hiranya Bhojpure and Urmila Shrestha: Paleti with Lekali - August 2019'
Lyrics
Nepali
Transliterated

केटा- तिम्रो सुन्दर रुपमा बस्छु म
केटी- यो रुप नै कुरुप भए के गर्छौ
केटा- तिम्रो हेर्ने आखाँमा बस्छु म
केटी- आखाँ नदेख्ने भए के गर्छौ
केटा- मनको आखाँले हेर्छु म
केटी- मनै ढुङ्गा भए के गर्छौ
केटा- त्यही ढुङ्गामा तिम्रो मुर्ति कुदेर
तिमीलाई सम्झी माया गर्छु म
माया गर्दै जीउँछु म

केटा- भोली तिम्रो मुर्ति देखेर
कतिले देवी सम्झनेछन्
आस्था र भक्तिभावले
प्रेमले पूजा गर्ने छन्
हजारौँ हजारौँ वर्ष पनि
तिम्रो मेरो प्रेमको कथा
निर्जीव निर्जीव यहि मूर्तिमा
सजिव भएर बाच्नेछ
तिम्रो सुन्दर मुर्तिमा कुदिन्छु म
केटी- हातै काटे के गर्छौ
केटा- अर्को हातले बनाउछु म
केटी- दुवै हात काटे के गर्छौ
केटा- खुट्टाले अर्को बनाउँछु म
केटी- खुट्टै काटे के गर्छौ
केटा- बाँकी यही मुटु भित्र छ
यही मुटु भित्र राख्छु म
तिम्रो ढुकढुकी भएर बाँच्छु म

केटी- तिम्रो हात खुट्टा काट्ने हातहरूले
मेरो मुटुको ढुकढुकी रोक्नेछ
ढुकढुकीले रोके भने के गर्छौ
केटा- त्यही दिनबाट सुन सुन सुन !
त्यही दिनबाट निर्दयी ती हातहरूनै
आफ्नो चिता आफै बन्ने छ
त्यही चितामा आफुले आफुलाई सल्काएर
खरानी भए नदीमा मिल्नेछ
सुन सुन सुन !